काठमाडौं– नेपाल आयल निगमले १३ दिनमै पेट्रोलियम पदार्थको भाउ फेरि बढाएको छ । निगमले पेट्रोल, डिजल र मट्टितेलको भाउ प्रतिलिटर ३–३ रुपैयाँ दरले बढाएको जानकारी दिएको छ । निगमले यसअघि गत माघ ५ गते इन्धनको मूल्य बढाएको थियो ।
निगमले मंगलबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर १४२ रुपैयाँ, डिजेल र मट्टीतेलको मूल्य लिटरको १२५ रुपैयाँ तोकेको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेकाले आफूले पनि बढाएको निगमको दाबी छ ।
त्यसैगरी, हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर सय डलर बढाएको निगमले जनाएको छ । भाउ बढाउँदा पनि १५ दिनमा दुई अर्ब २३ करोड रुपैयाँ घाटा रहेको निगमको दाबी छ ।









