काठमाडौं– नेपाल राष्ट्रले क वर्गका वाणिज्य बैंकहरुसँग गत साउन १ देखि पुस मसान्तसम्ममा भएको ७ लाखभन्दा माथिको नगद कारोबारको विवरण माग गरेको छ ।

उसले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणको सिलसिलामा उक्त विवरण माग गरेको हो । राष्ट्र बैंकले मंगलबार सबै वाणिज्य बैंकको नाममा परिपत्र जारी गर्दै भनेको छ, ‘त्यस बैंकबाट २०७८ साउन १ देखि पुस ३० गतेसम्म प्रतिकारोबार रु. ७,००,०००/– वा सोभन्दा बढी नगदमा भएका कारोबारको विवरण देहाय बमोजिमको ढाँचामा यस विभागको … इमेलमा …. उपलब्ध गराइदिनु हुन अनुरोध छ ।’

केन्द्रीय बैंकले उक्त अवधिमा नगदमा ७ लाखभन्दा बढी कारोबार गर्ने खातावालाको नाम, खाता नम्बर, जम्मा गरेको वा झिकेको रकम, कारोबार मितिलगायतको विवरण मागेको छ ।

नेपालीहरुले क्रिप्टो करेन्सी, अनलाइन जुवा जस्ता प्रतिबन्धित क्रियाकलापमा लगानी गरको तथा हुन्डी कारोबार व्यापक बढेको अनुमानबीच केन्द्रीय बैंकले वाणिज्य बैंकहरुसँग ७ लाखभन्दा बढीको नगद कारोबार विवरण माग गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय