काठमाडौं– नेपालका लागि हुन्डाई मोटर्सको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले इलेक्ट्रिक भेहिकलको चार्जिङ स्टेसन व्यापक विस्तार गर्ने भएको छ । कम्पनीले नेपालको सबै स्थानलाई समेट्ने गरी अहिलेसम्म देशका विभिन्न ४० स्थानमा चार्जिङ स्टेसन स्थापना गरिसकेको छ ।

कम्पनीले बिक्री गर्ने विद्युतीय कारको बढ्दो मागसँगै लक्ष्मी इन्टरकन्टिनेन्टलले विद्युतीय सवारी साधनको लागि आवश्यक पूर्वाधार निर्माणलाई प्राथमिता दिएर काम गरिरहेको छ ।

हुन्डाईको इलेक्ट्रिक गाडी चढ्ने ग्राहकलाई उत्कृष्ट अनुभव प्रदान गर्न र लामो दुरीको यात्रा पनि विद्युतीय बाहनमा गर्न सक्ने बनाउन देशका विभिन्न स्थानमा चार्जिङ स्टेसनहरु स्थापना गर्दै आएको कम्पनीले जनाएको छ । नेपालको सबै राजमार्ग र स्थानीय रुटमा पेट्रोल पम्पको एथेस्ट उपलब्धता भए तापनि इभी चार्जिङ पोइन्ट नभएकोले नै कम्पनीले क्रमिक रुपमा चार्जिङ नेटवर्क विस्तार गर्दै गएको हो ।

हुन्डाईले स्थापना गरेका यी नयाँ चार्जिङ स्टेसनले चालकहरुलाई ढुक्क भएर यात्रा गर्न सहयोग पुग्ने विश्वास लिएको छ । हुन्डाईका चार्जिङ स्टेसनहरुमा मोबाइल फोन चार्ज गरे जतिकै सजिलोसँग गाडी चार्ज गर्न सकिन्छ । हुन्डाईले पहिलो चरणको ४० चार्जिङ स्टेसन निर्माण सकेकोले निकट भविष्यमै अरु नयाँ स्थानमा पनि चार्जिङ स्टेसन विस्तार गर्ने लक्ष्य लिएको छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टलको अहिले देशका प्रमुख सहरहरुमा १२ वटा डिलर तथा १८ वटा सर्भिस सेन्टरबाट ग्राहकलाई सेवा दिइरहेको छ । हुन्डाई मोटर्स विश्वको टप ५ अटोमोबाइल उत्पादकमध्ये पर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय