काठमाडौं– एनआइसी एसिया बैंकले गत कात्तिक १ देखि प्रचलनमा ल्याएको ‘सर्वश्रेष्ठ बचत खाता’मा पाइने फाइदाहरू बढाउँदै १ वर्ष अवधिसम्म उपलब्ध हुँदै आएको बिमा सुविधालाई ५ वर्ष अवधिको लागि प्रदान गर्दै बचत खातामै ८४ लाखसम्मको बिमा लाभ प्रदान गर्ने व्यवस्था मिलाएको बैंकले जनाएको छ ।

साथै, सर्वश्रेष्ठ बचत खाता खोल्ने ग्राहकले ३ कर्जासम्बन्धी सर्वश्रेष्ठ फाइदा अन्तर्गत कर्जामा सहुलियत ब्याजदर, प्रशासनिक शुल्कमा विशेष छुट र पूर्वस्वीकृत कर्जा सुविधा समेत प्राप्त गर्न सक्ने बताइएको छ ।

बिमा तथा कर्जासम्बन्धी ‘सर्वश्रेष्ठ फाइदा’का साथै बैंकले सर्वश्रेष्ठ बचत खातामा प्रदान गर्दै आएको १८ अन्य सर्वश्रेष्ठ फाइदा पाँच वर्षसम्म उपलब्ध गराएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय