काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसदमा महाअभियोग दर्ता भएको छ ।

सत्तारुढ पाँचदलीय गठबन्धनका सांसदले आइतबार विहान संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका हुन् । गठबन्धनका ९८ सांसदले जबराविरुद्ध लगाइएको महाअभियोगमा हस्ताक्षर गरेका छन् ।

महाअभियोग दर्तामा हस्ताक्षर गर्ने सांसदहरूमा गगन थापा, मीनेन्द्र रिजाल, पुष्पा भुसाल, देव गुरूङ लगायत छन् ।

संसदमा महाअभियोग दर्ता भएसँगै प्रधानन्यायाधीश जबरा स्वतः निलम्बनमा परेका छन् । मन्त्रिपरिषद्मा भागबण्डा खोजेको आरोप लागेपछि विवादमा तानिएका जबराविरुद्ध नेपाल बार एसोसिएसनले साढे तीन महिनादेखि आन्दोलन गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय