काठमाडौं– इमर्जिङ नेपाल लिमिटेडले एनआइसी एसिया क्यापिटल लिमिटेडलाई सेयर रजिस्ट्रार नियुक्त गरेको छ ।

कम्पनीले आफ्नो धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिल–खारेज, नामसारी, सेयर रोक्का राख्ने लगायत सेयरवालाको लगत अद्यावधिक गरी राख्नेसम्बन्धी सम्पूर्ण काम गर्न एनआइसी एसिया क्यापिटललाई सेयर रजिस्ट्रार नियुक्त गरेको जनाएको छ ।

इमर्जिङ नेपालको सेयर रजिस्ट्रार अन्तर्गतको सम्पूर्ण कार्य फागुन ८ गते आइतबारदेखि एनआइसी एसिया क्यापिटल लिमिटेडको अनामनगरस्थित कार्यालयबाट हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय