काठमाडौं– धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष रमेश हमालले पदबहाली गरेका छन् । गत बिहीबारको मन्त्रिपरिषद् बैठकबाट बोर्डको अध्यक्षमा नियुक्त भएका हमालले अर्थमन्त्री जनार्दन शर्मासमक्ष शपथग्रहणपछि आइतबार पदबहाली गरेका हुन् ।

योसँगै करिब साढे चार महिना नेतृत्वविहीन रहेको धितोपत्र बोर्डले अध्यक्ष पाएको छ ।

बैंककबाट इन्टरनेसनल बिजनेस एन्ड फाइनान्समा स्नातकोत्तर गरेका हमालसँग करिब ३ दशक सार्वजनिक तथा निजी क्षेत्रमा काम गरेको अनुभव छ । साथै हमालसँग विद्युत् प्राधिकरण र संयुक्त राष्ट्र संघको वातावरणीय प्रोजेक्ट, ब्रिटिस इन्भेस्टमेन्ट कन्सलटेन्सी एन्ड रियल स्टेट डेभलपमेन्ट ग्रुप बैंकको चिफ अपरेटिङ अफिसर भएर काम गरेको अनुभव समेत छ ।

यसअघिका अध्यक्ष भीष्मराज ढुंगानालाई सरकारले सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएपछि पदमुक्त गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय