काठमाडौं– लक्ष्मी बैंकले शाखा सञ्जाल विस्तार गर्ने क्रममा भक्तपुरको कमलविनायकमा १४२औं शाखा सञ्चालनमा ल्याएकोे छ । उक्त शाखामार्फत बैंकले ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा लघु व्यवसायीमाझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको छ ।
यस नयाँ शाखाको थालनीसँगै लक्ष्मी बैंकको सञ्जालमा ५० जिल्लामा १४२ शाखा, ११ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १७३ एटिएम, २५०० भन्दा बढी रेमिटेन्स एजेन्ट तथा ६३ शाखारहित बैंकिङ एजेन्ट पुगेको छ ।
यो शाखाको साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको विज्ञप्तिमा उल्लेख छ ।
सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त, लगायत वित्तीय सेवाको बढ्दो माग पूरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रमा आक्रामक रुपमा शाखा विस्तार गर्दै आएको पनि विज्ञप्तिमा उल्लेख छ ।









