काठमाडौं– नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई बोनस सेयर दिने घोषणा गरेको छ ।

संस्था सञ्चालक समितिको सोमबार सम्पन्न बैठकले हाल कायम चुक्ता पुँजीको १९ प्रतिशत बोनस सेयर र २०७७ असोज ५ गतेपछि सेयर खरिद गरेका सेयरधनीको हकमा आयकर लाग्ने भएकोले सोको करको लागि १ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

सञ्चालक समितिको निर्णय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि प्रस्तावित बोनस सेयर सेयरधनीको खातामा आउनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय