काठमाडौं– सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य एकै दिन प्रतितोला २५०० रुपैयाँले बढोको छ ।

अघिल्लो दिनको तुलनामा २५०० ले बढेपछि छापावाल सुनको मूल्य ९९ हजार पुगेको छ । बुधबार सुन प्रतितोला ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियोे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ५०० तोकेको छ । बुधबार तेजावी सुन प्रतितोला ९६ हजारमा कारोबार भएको थियो । आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ३५ ले बढेर १३१५ पुगेको महासंघले जनाएको छ ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने उतारचढावका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । नेपालको सुनचाँदी बजारमा अन्तरराष्ट्रिय कारोबारले प्रभाव पार्ने हुँदा विश्व बजारमा सुनचाँदीका मूल्य बढे अनुसार नै आज नेपालको बजार मूल्यमा त्यसको प्रभाव परेको महासंघका अध्यक्ष मनिकरत्न शाक्यले जानकारी दिए ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस एक हजार ९३९ डलर आसपास कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय