काठमाडौं– सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई बोनस सेयर दिने भएको छ । कम्पनीले बोनस सेयरमा लाग्ने करका लागि नगद लाभांश समेत वितरण गर्ने निर्णय गरेको हो ।
बिहीबार सम्पन्न कम्पनी सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको २० प्रतिशतका दरले बोनस सेयर र सोमा लाग्ने करका लागि १.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
नियमनकारी निकाय समितिबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि लगानीकर्ताले प्रस्तावित लाभांश पाउनेछन् ।









