मस्को– रुसले बेलायती विमानहरुलाई आफ्नो देशमा उडान अवतरण गर्न र रसियाली आकाश प्र्रयोग गर्न प्रतिबन्ध लगाएको छ । छिमेकी युक्रेनमाथि आक्रमण गरिरहेको रूसले बेलायती कदमको जवाफमा आफ्नो देशको आकाशमा उड्न नदिने निर्णय गरेको हो ।

रूसले युक्रेनमाथि आक्रमण गरेपछि बेलायतले रूसको एरोफ्लोट एयरलाइन्सका जहाजलाई आफ्ना विमानस्थलमा अवतरण गर्न नदिने निर्णय गरेको थियो ।

त्यसको जवाफमा मस्कोले शुक्रबार बेलायतका कुनै पनि जहाजलाई आफ्नो आकाश र जमिन प्रयोग गर्न नदिने निर्णय गरेको रुसको स्पुतनिक न्युजले जनाएको छ ।

रूसले आक्रमण गरिरहेको युक्रेनको आकाश बिहीबारदेखि नै गैरसैनिक उडानका लागि बन्द गरिएको छ ।

रुसले यो निर्णय निर्णय रुस र बेलायतबीच भएको इन्टरगभर्मेन्टल एयर सर्भिस एग्रिमेन्टको प्रावधान अनुसार बेलायतको उड्डयन प्राधिकरणले गरेको प्रतिकूल कदमको बदलामा लिएको प्राप्त समाचारमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय