काठमाडौं– नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका ग्राहकले बिमाको प्रिमियम खल्तीमार्फत अनलाइन तिर्न सक्ने भएका छन् । खल्तीले त्यस्ता ग्राहकलाई सय रुपैयाँसम्म क्यासब्याक दिने अफर समेत सार्वजनिक गरेको छ ।
प्रयोगकर्ताले १०% क्यासब्याक पाउनका लागि प्रोमोकोड अंग्रेजी अक्षरमा नेसनल१०० प्रयोग गर्नुपर्ने खल्तीले जनाएको छ ।
खल्ती एपमा रहेको इन्स्योरेन्स आइकनमा ट्याप गरी नेसनल लाइफ इन्स्योरेन्स सेलेक्ट गरेर आवश्यक विवरण भरेर प्रिमियम भुक्तानी गर्न सकिने बताइएको छ ।
५००० रुपैयाँभन्दा माथिको नवीकरण बिमा शुल्क भुक्तानी गर्नुपरेमा ग्राहकले आफ्नो खल्ती केवाइसी अनिवार्य रुपमा भेरीफाई गराएको हुनुपर्ने पनि कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।









