काठमाडौं– स्वावलम्बन लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) उदयराज खतिवडाले राजीनामा दिएका छन् । संस्था सञ्चालक समितिले उनको राजीनामा स्वीकृत गरेको छ ।
फागुन १५ मा सम्पन्न संस्था सञ्चालक समितिको ३८५औं बैठकले प्रमुख कार्यकारी अधिकृत खतिवडाको राजीनामा फागुन १६ देखि लागू हुने गरी स्वीकृत गरेको हो । खतिवडाले फागुन १२ मा राजीनामा पेस गरेको संस्थाले जनाएको छ ।
सोही बैठकले अर्को निर्णय नभएसम्मको लागि संस्थाका नायब महाप्रबन्धक गोविन्द चापागाईंलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको छ ।









