नेपालगन्ज– बलात्कारको आरोप लागेका पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य मोहन बानियाँ पक्राउ परेका छन् । काठमाडौं जाँदै गरेका सांसद बानियाँलाई सोमबार अबेर प्रहरीले नेपालगन्ज विमानस्थलबाट पक्राउ गरेको हो ।
सांसद बानियाँविरुद्ध जुम्लाकी एक शिक्षिकाले माघ २७ गते जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएकी थिइन् । उजुरी परेपछि सांसद बानियाँ फरार थिए । जुम्लाको खत्याड गाउँपालिकाका बानियाँ नेकपा एमालेबाट समानुपातिमा निर्वाचित सांसद हुन् ।
उनले ती महिलालाई गत माघ १९ गते नेपालगन्जको अप्सरा होटलमा बोलाएर बलात्कार गरेको आरोप लागेको छ । बानियाँ केपी शर्मा ओली नेतृत्वको मन्त्रिमण्डलमा मन्त्री थिए ।









