काठमाडौं– नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य लिटरमा पाँच रुपैयाँका दरले बढाएको छ । रुस–युक्रेन द्वन्द्वले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेपछि त्यसको असर नेपालमा पनि परेको हो ।

इन्डियन आयल कर्पोरेसनबाट मूल्य वृद्धि भएर आएको भन्दै आयल निगमले बिहीबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य बढाएको हो । मूल्य वृद्धिसँगै पेट्रोल प्रतिलिटर १ सय ५० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १ सय ३३ रुपैयाँ पुगेको छ ।

यसैगरी, हवाई इन्धन आन्तरिकतर्फ लिटरमा १० रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर १ सय डलर वृद्धि गरेको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत छ । अन्तर्राष्ट्रय बजारमा कच्चा तेलको मूल्य बिहीबार प्रतिब्यारेल १ सय १७ डलरसम्म पुगेको थियो । मूल्य वृद्धि गर्दा पनि निगमलाई १५ दिनमै २ अर्ब ५० करोड रुपैयाँ घाटा रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय