काठमाडौं– इन्धनको मूल्य बढेपछि नेपाल वायुसेवा सञ्चालक संघले आन्तरिक सेवामा रहेका हवाईजहाजको भाडा बढाएको छ । संघले शनिबार आन्तरिक उडानको नयाँ भाडादर सार्वजनिक गरेको हो ।

दुई दिनअघि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेपछि संघले साबिकको भाडादरमा पुनरावलोकन गरी नयाँ भाडादर निर्धारण गरेको हो ।

नयाँ भाडादर अनुसार सबैभन्दा धेरै विराटनगर–नेपालगन्जको भाडा ५४० रुपैयाँले र सबैभन्दा कम काठमाडौं–भरतपुर र विराटनगर–तुम्लिङटारको भाडा १०५ रुपैयाँले बढेको छ । त्यसैगरी काठमाडौंबाट हुने माउन्टेन फ्लाइटमा ३४० रुपैयाँ वृद्धि भएको छ ।

नयाँ हवाई भाडादर आइतबारबाट लागू हुने संघले जनाएको छ । आयल निगमले दुई दिनअघि प्रतिलिटर १२६ पर्ने हवाई इन्धनको मूल्य १० बढाएर १३६ रुपैयाँ बनाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय