काठमाडौं– एनआइसी एसिया बैंकका ग्राहकले राजधानीको पाँचतारे होटल द सोल्टी काठमाडौं र नेपालगन्जस्थित सोल्टी वेस्टइन्ड प्रिमियरमा छुट पाउने भएका छन् ।
ती दुई टाउँमा लिएको सेवाबापत एनआइसी एसियाको डेबिट कार्ड वा क्युआरबाट भुक्तानी गर्दा कारोबार रकमको १० प्रतिशत छुट हुने बैंकले जनाएको छ ।
बैंक र सोल्टी इन्टरप्राइजेजबीच यस विषयमा एक समझदारी भएको बैंकको विज्ञप्तिमा उल्लेख छ । समझदारीपत्रमा बैंकका चिफ स्ट्राटेजी अफिसर विशाल सिग्देल र कम्पनीका निर्देशक दिनेशबहादुर बिष्टले हस्ताक्षर गरेका छन् ।
पछिल्लो समयमा डिजिटल कारोबारमा ग्राहकको बाक्लो उपस्थितिलाई मध्यनजर गर्दै बैंकले डिजिटल कारोबारमा ग्राहकलाई प्रोत्साहित गर्न यी दुई होटलबाट सेवा लिई पिओएस तथा क्युआर भुक्तानी गर्दा १० प्रतिशत छुटको व्यवस्था गरेको बताइएको छ ।
बैंकले आफ्ना मोबाइल बैंकिङ तथा कार्ड (डेबिट/क्रेडिट) प्रयोगकर्तालाई देशभरका २३ सयभन्दा बढी अस्पताल, होटल तथा रेस्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा खरिदको रकम भुक्तानी गर्दा कारोबार रकमको ३० प्रतिशतसम्म छुट दिने व्यवस्था गरी डिजिटल कारोबारलाई प्रोत्साहन गरिरहेको जनाएको छ ।









