काठमाडौं– मंगलबार महँगो धातु सुनको मूल्य तोलामा १८०० रुपैयााले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि छापावाल सुनको मूल्य तोलाको १ लाख ५०० रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख रुपैयाँ तोकेको छ । छापावाल सुनको मंगलबारको मूल्य सोमबारको तुलनामा १८०० रुपैयाँले कम हो ।
यस दिन चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेको छ । मंगलबारका लागि चाँदीको मूल्य तोलाको १ हजार ३८० तोकिएको छ ।
आइतबारको तुलनामा सोमबार सुन तोलामा ५०० रुपैयाँ र चाँदी १० रुपैयाँले सस्तिएको थियो । सोमबार छापावाल सुनको मूल्य तोलाको १ लाख २ हजार ३०० रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख १ हजार ८०० रुपैयाँ थियो ।
महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन चाँदीको मूल्यको उतारचढावका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ९३४ डलर तथा चाँदी प्रतिऔंस २४.८२ डलर हाराहारीमा कारोबार भइरहेको छ ।









