काठमाडौं– दक्षिण कोरिया पठाइदिन्छु भन्दै सर्वसाधारण ठग्नेमा दक्षिण कोरियाली नै सक्रिय रहेको फेला परेको छ ।

प्रहरीले कोरिया पठाइदिन्छु भन्दै ठगेको अभियोगमा एकजना कोरियालीलाई पक्राउ गरेपछि उक्त रहस्य खुलेको हो ।

काठमाडौं महानगरपालिका–७ लाहुरेटोल, चाबहिल बस्ने राहदानी नम्बर एम८५५६६२२७ बाहक दक्षिण कोरियाली नागरिक ७३ वर्षीय रे सी जङलाई काठमाडौं महानगरपालिका–३ महांकालबाट प्रहरीले सोमबार पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका–७ चावहिलस्थित ओके कन्सल्टेन्सीको सञ्चालक हुँ भनी वेल्डिङ ट्रेनिङ गराई दक्षिण कोरियामा रोजगारमा पठाइदिन्छु भनी पीडितबाट रकम लिएर नपठाई रकम ठगी गरेको भन्ने पीडितबाट प्राप्त जाहेरीको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो महाराजगन्जबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनीलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त गौशाला पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय