किभ– पोल्यान्ड स्लोभेनिया र चेक रिपब्लिकका नेताहरु रसियाली बमबारीबीच जोखिमपूर्ण यात्रा गर्दै युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्सकीलाई भेट्न मंगलबार साँझ राजधानी किभ पुगेका छन् । उनीहरुले पोल्यान्डको वार्साबाट रेलमा युक्रेनको किभ पुग्न निकै लामो र जोखिमपूर्ण यात्रा तय गरेको बेलायती समाचार संस्था बिबिसीले जनाएको छ ।

युक्रेनमा रसियाली सैन्य कारबाही सुरु भएपछि किभ पुग्ने पहिलो पश्चिमी नेता उनीहरु नै हुन् । ‘हामी तपाईंको बहादुरीपूर्ण लडाइँको प्रशंसा गर्छौ,’ चेक प्रधानमन्त्री पेत्र फिएलाले ट्विटमा लेखेका छन्, ‘हामीलाई तपाईंले हाम्रो जीवनका लागि समेत लडिरहेको हामीलाई थाहा छ । तपाईं एक्लै हुनुहुन्न, हाम्रा मुलुकहरु तपाईंको पक्षमा छन् ।’

पोल्यान्डका प्रधानमन्त्री मातेउस्ज मोराबिएत्स्कीले युक्रेन पराजित भएको खण्डमा युरोप पहिलेको जस्तो युरोप नरहने टिप्पणी गरे । बरु त्यो युरोपको पराजित, अपमानित र दयनीय संस्करण हुने उनले लेखेका छन् ।

पोलिस सैनिक विमान चढेर जाँदा त्यसलाई रसियाले देख्ने र त्यो निकै उत्तेजक र खरतनाक हुने ठानेर उनीहरुले रेल रोजेका थिए ।

युक्रेनी राष्ट्रपतिले उनीहरुको भ्रमणलाई युक्रेनप्रति समर्थनको सशक्त अभिव्यक्ति हुने बताएका छन् ।

युक्रेनी प्रधानमन्त्री डेनिस स्मिहालले सो अवसरमा रसियामाथिको विनाशकारी प्रतिबन्धबारे छलफल भएको बताए । सो अवसरमा रसियालाई आतंकको प्रायोजकको रुपमा हेर्ने विषयमा पनि छलफल भएको उनले जानकारी दिए ।

ती नेताहरुबीचको छलफलस्थलमै राजधानी किभको पश्चिमी किनारामा जारी बमबारी र विस्फोटका आवाज सुनिएको प्राप्त समाचारमा उल्लेख छ ।

युरोपेली संघले ती नेताहरु विशेष म्यान्डेट लिएर किभ नगए पनि उनीहरुको यात्राबारे संगठन जानकार रहेको जनाएको छ ।
पोल्यान्डका उपविदेशमन्त्री मार्सिन प्रजेदास्जले उक्त यात्रा निकै जोखिमपूर्ण रहे पनि मूल्यवान रहेको बताए । यो यात्राले कठिन परिस्थितिमा पनि युरोपेली नेताले जेलेन्स्कीलाई भेटेको सन्देश रसियालाई दिएको उनले बताए ।

पोलिस सैनिक विमान चढेर जाँदा त्यसलाई रसियाले देख्ने र त्यो निकै उत्तेजक र खरतनाक हुने ठानेर उनीहरुले रेल रोजेका थिए । उनीहरु चढेर किभ गएको रेल फेरि वार्सा फर्के, नफर्केको थाहा हुन सकेको छैन । युक्रेनी राष्ट्रपतिले आफ्नो मुलुकमाथिको आकाशलाई उडान निषेधित क्षेत्र घोषणा गर्न बारम्बार आग्रह गरे पनि नेटोले स्वीकार गरेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय