काठमाडौं– यातायात व्यवस्था विभाग मातहतका कार्यालयहरुले प्रदान गर्ने सबै सेवा अनिश्चितकालका लागि बन्द हुने भएको छ ।
यातायात व्यवस्था विभागले बुधबार एक सूचना जारी गरी विभागको सर्भरमा समस्या देखिएकोले सेवा रोक्नुपरेको जनाएको छ ।
‘विभागका सर्भरहरुमा विद्युतीय समस्या देखिएको र सो समस्या समाधान गर्न आज अपराह्न ५ः०० बजेदेखि उक्त समस्या समाधान नभएसम्मका लागि यातायात कार्यालयहरुबाट प्रदान गरिने सबै सेवा अवरुद्ध हुने व्यहोरा जानकारीका लागि अनुरोध छ,’ विभागले बुधबार जारी गरेको सूचनामा भनिएको छ ।









