काठमाडौं– रमेश कर्प प्रालिले आफ्ना संस्थापक स्वर्गीय रमेश गुप्ताको जन्मदिनको अवसर पारेर १८ मार्चमा आफ्नो पहिलो स्थापना दिवस मनाएको छ । यस कम्पनीका नेपालभर १७ विभिन्न व्यापारिक संगठन छन् । यो दिन स्वर्गीय रमेश गुप्ता र उनले सानै उमेरदेखि व्यापारिक साम्राज्य निर्माण गर्न गरेको संघर्ष र प्रयासप्रति समर्पित रहेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

कम्पनीले यसलाई विशेष दिन भन्दै रमेश कर्पका नेपालभरका कर्मचारी भेला हुने र अन्तक्र्रिया गर्ने उत्कृष्ट अवसर भनेको छ ।

कार्यक्रममा बोल्दै उपाध्यक्ष सुशील गुप्ताले भने, ‘हाम्रा संस्थापक तथा मेरा पिता स्वर्गीय श्री रमेश गुप्ता कम्पनीलाई फगत एउटा कम्पनी मात्र नभएर एउटा परिवार बनाउनुपर्छ भन्ने मान्यतामा दृढ विश्वास राख्नुहुन्थ्यो । आजको दिन यस रमेश कर्प परिवारमा हामीले बनाएका सदाचारहरु सम्झिने दिन हो र त्यसलाई मनाउने दिन हो । र यो स्थापना दिवस उहाँँको विश्वास, मान्यता र सिद्धान्तप्रतिको सम्मान हो र उहाँको विरासतलाई हामी सबैले निरन्तरता दिनुपर्छ ।’

अर्का उपाध्यक्ष रोहित गुप्ताले भने, ‘हाम्रा कर्मचारीहरु हाम्रो संगठनात्मक संस्कृतिको प्रतिबिम्ब हुन् । हामी हाम्रा ५ मूल मान्यताहरुः अग्रगमन, निष्ठा, गति,आधिकारिकता र व्यावसायिकताको साथ ‘सँगै अगाडि बढ्ने’ मान्यतामा विश्वास गर्छौं र यसले नै हामीलाई हाम्रो साझेदारहरुसँग एकताबद्ध हुन र उनीहरूको व्यक्तिगत र संगठनात्मक वृद्धि र विकासमा नेतृत्व प्रदान गर्न सहयोग गर्छ ।’

यस एक–दिवसीय कार्यक्रम रमेश कर्पका कर्मचारीहरुप्रति समर्पित रहेको तथा यसमा विभिन्न कार्निभल, रमाइला खेलहरु, अन्तरक्रियात्मक गतिविधिका साथै औपचारिक कार्यक्रम अन्तर्गत स्टार पर्फर्मेन्स र अन्य मनोरञ्जनात्मक गतिविधि आयोजना गरिएको बताइएको छ । त्यस्तै उत्कृष्ट काम गर्ने कर्मचारीलाई उनीहरुको कडा परिश्रम र कम्पनीप्रतिको लगावको लागि सम्मान पनि गरिएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय