काठमाडौं– नेपाली सेनाले चार हजारजना सैनिक भर्ना गर्न दरखास्त आह्वान गरेको छ । सेनाको भर्ना छनोट निर्देशनालयले आजको गोरखापत्रमा सूचना प्रकाशित गरी सैन्य पदमा आवेदन माग गरेको हो ।
निर्देशनालयका अनुसार खुला तथा समावेशी प्रतिस्पर्धाबाट चार हजार सैनिक भर्ना गरिनेछ । आठ कक्षा पास गरेका व्यक्तिले आवेदन दिन सक्ने सेनाको सूचनामा उल्लेख छ ।
चार हजारमध्ये खुलातर्फ २ हजार ९८ जना भर्ना गरिनेछ । बाँकी समावेशी कोटाको हो ।
नेपाली सैनिक बन्न इच्छुकले आज (चैत १७ गते) देखि वैशाख १६ गतेसम्म दरखास्त दिन सक्ने सूचनमा उल्लेख छ । देशका विभिन्न भर्ना केन्द्रमा गएर १५० रुपैयाँ दस्तुरसहित दरखास्त दिन सकिने सूचनामा उल्लेख छ ।
न्यूनतम शैक्षिक योग्यता ८ कक्ष पास तोकिएको छ । कम्तीमा ५ फिट ३ इन्च उचाइका पुरुष र ५ फिट उचाइका शारीरिक रुपमा तन्दुरुत महिलाछनोट प्रक्रियामा सहभागी हुन सक्नेछन् ।
उमेर १८ वर्ष पूरा भई २२ वर्ष ननाघेकोले हुनुपर्नेछ । लिखित परीक्षा जेठ ५ गतेलाई तोकिएको छ ।









