काठमाडौं– लक्ष्मी बैंक लिमिटेड र भारतको आइसिआइसिआई बैंक लिमिटेडबीच व्यापारिक साझेदारीका क्षेत्रहरू विस्तार गर्ने सम्झौता सम्पन्न छ ।
सम्झौतापत्र लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाह र आइसिआइसिआई बैंकको नेपालका लागि प्रमुख प्रतिनिधि रन्जनकुमार थापाले आदानप्रदान गरेको जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
उक्त सम्झौताले नेपाल र भारतबीचको परम्परागत अन्तर–बैंक भुक्तानीका साथै क्युआर भुक्तानी गरी दुई देशबीच रेमिट्यान्स भुक्तानीको दायरा विस्तार गर्न सहज बनाउने विज्ञप्तिमा उल्लेख छ ।
यो सम्झौताले दुई बैंकबीच मानव संसाधन, प्रविधि र सञ्चालन लगायत विविध क्षेत्रमा ज्ञान आदानप्रदान गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ ।









