काठमाडौं– सन् २०२२ मा विकासशील पुर्वी एसिया र प्रशान्त क्षेत्रका देशहरूको आर्थिक वृद्धिदर ५ प्रतिशत हुने विश्व बैंकले प्रक्षेपण गरेको छ ।
कोभिड–१९ महामारीको पुनरुत्थान, कडा आर्थिक अवस्था र रुस–युक्रेन युद्धका बाबजुद विश्व बैंकले सन् २०२२ मा यस क्षेत्रका देशको आर्थिक वृद्धिदर ५ प्रतिशत हुने प्रक्षेपण गरेको हो ।

‘युक्रेनमा जारी युद्ध सिर्जित धक्का र रसियामाथिको प्रतिबन्धले वस्तुको आपूर्तिमा बाधा उत्पन्न गर्नुका सार्थ वित्तीय चाप बढाउँदै, विश्वव्यापी वृद्धि घटाइरहेको छ,’ विशव बैंकले सार्वजनिक गरेको पछिल्लो पूर्वी एसिया तथा प्रशान्त आर्थिक अपडेटमा भनिएको छ, ‘पूर्वी एसिया तथा प्रशान्त क्षेत्रका अर्थतन्त्रहरुले महामारीजन्य धक्काबाट पुनरुत्थान गरिरहेका बेला युक्रेन युद्धले प्रगतिको गतिमा अवरोध ल्याएको छ ।

पूर्वी एसिया तथा प्रशान्त क्षेत्रका लागि विश्व बैंकका भाइस प्रेसिडेन्ट मानुएला भी फेर्रोले यस क्षेत्रको बलियो फन्डामेन्टलहरु र राम्रा नीतिहरुले यस्ता धक्काहरुविरुद्ध मदत गरेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय