काठमाडौं– सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेर ९९ हजार तोकिएको छ । उक्त सुन अघिल्लो दिन प्रतितोला ९८ हजार ५०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ५०० रुपैयाँ कायम भएको छ ।
उक्त सुन बुधबार प्रतितोला ९८ हजार थियो । त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० ले बढेर एक हजार ३४५ पुगेको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस एक हजार ९२१ डलर आसपास कारोबार भइरहेको छ ।









