काठमाडौं– सरकारले रामनवमीका अवसरमा चैत २७ गते आइतबार सार्वजनिक बिदा दिने भएको छ ।

गृह मन्त्रालयले शनिबार एक सूचना जारी गर्दै आइतबार रामनवमीका अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराएको छ ।

गृहका प्रवक्ता तथा सहसचिव फणिन्द्रमणि पोखरेलका अनुसार बिहीबारको मन्त्रिपरिषद् बैठकले रामनवमीका अवसरमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय