काठमाडौं– नयाँ वर्ष २०७९ लाई स्वागत गर्दै बृहत् दीप प्रज्ज्वलन कार्यक्रम सम्पन्न भएको छ ।
हाम्रो नववर्ष हाम्रो गौरव नाराका साथ बुधवार पशुपति बागमती आरतीस्थलमा आयोजित दीप प्रज्ज्वलन कार्यक्रममा विभिन्न धार्मिक संघ–संगठनका प्रतिनिधि लगायतका आध्यात्मिक व्यक्तित्वहरुको उत्साहजनक सहभागिता रहेको विश्व हिन्दू परिषद् नेपालले जनाएको छ ।
हिन्दू स्वयंसेवक संघ नेपाल, विश्व हिन्दू परिषद् नेपाल, हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान, जनकल्याण प्रतिष्ठान नेपाल लगायतका संघ संस्थाको अगुवाईमा देशका विभिन्न स्थानमा दीप प्रज्ज्वलन कार्यक्रम सम्पन्न भएको संस्थाको विज्ञप्तिमा उल्लेख छ ।









