काठमाडौं– धितोपत्रको दोस्रो बजारका अनुभवी लगानीकर्ता अम्बिकाप्रसाद पौडेलले पछिल्लो समय सेयर बजार पुछार पुगिसकेकोले र अझै तल झर्ने ठाउँ नभएको बताएका छन् ।

पौडेलले फेसबुक वालमा स्टाटस लेख्दै भनेका छन्, ‘सगरमाथाभन्दा माथि चढ्ने ठाउँ हुँदैन, केचनाकवलभन्दा तल झर्ने ठाउँ हुँदैन । “सेयर बजारका धेरैजसो कम्पनी केचनाकवलको सेरोफेरो”

लगानीकर्ता पौडेलले नेपालको सबैभन्दा होचो ठाउँ केचनाकवलसँग तुलना गर्दै सेयर बजार तल्लो बिन्दुमा पुगिसकेकोले अझै तल जाने ठाउँ नभएको संकेत गरेका हुन् ।

गत भदौको पहिलो साता ३२०० भन्दा माथि पुगेको सेयर बजारको परिसूचक नेप्से अहिले २४०० को वरपर घुमिरहेको छ । २०२१ को अगस्ट १५ मा २१ अर्ब पुगको दैनिक कारोबार २ अर्बभन्दा पनि कम भएको तथ्यले लगानीकर्ताहरु बरु नबेची बस्ने तर कौडीको मोलमा सेयर नबेच्ने मनस्थितिमा रहेको संकेत गर्छ ।

यसअघि अगस्ट १८ मा नेप्से ३१९८ बिन्दुसम्म पुगेको थियो । सेयर लगानीकर्ताका विभिन्न संस्थाको नेतृत्व गरिसकेका पौडेल हाल नेपाल उद्योग वाणिज्य महासंघमा पुँजीबजार समितिका सभापति छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय