काठमाडौं– सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेर रु एक लाख २ हजार १०० कायम भएको छ । अघिल्लो दिन उक्त सुन प्रतितोला १ लाख २ हजार ५०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १ हजार ६०० रुपैयाँ तोकिएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला १ लाख २ हजार थियो ।
त्यस्तै, आज चाँदी अघिल्लो कारोबारको मूल्यमै स्थिर रही प्रतितोला १ हजार ४२० कायम रहेको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९७४ डलर आसपास कारोबार भइरहेको छ ।









