काठमाडौं– विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसुस तीनदिने नेपाल भ्रमणको क्रममा बिहीबार काठमाडौं आइपुगेका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणमा उनी नेपाल आएका हुन् ।

स्वास्थ्य मन्त्रालयका सचिव डा.रोशन पोखरेल लगायत मन्त्रालयका अधिकारीहरुले महानिर्देशक गेब्रेयसुसलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् । महानिर्देशक गेब्रेयसुसले बिहीबारदेखि शनिबारसम्म नेपालको भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

महानिर्देशक गेब्रेयसुससँगै डब्लुएचओको दक्षिणपूर्व एसिया क्षेत्रीय कार्यालयका निर्देशक डा. पुनम क्षेत्रपाल सिंह र डब्लुएचओका अन्य पदाधिकारी पनि छन् ।

नेपाल रहँदा गेब्रेयसुसले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना लगायतसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय