भोपाल– भारतमा एकजना २२ वर्षे दलित युवकले विहेमा घोडा चढ्न खोज्दा कथित उपल्लो जातकाले धम्की दिएका छन् ।
मध्यप्रदेश राज्यको दामोह जिल्लाका ती युवकलाई उपल्लो जातिकाले धम्की दिएपछि प्रहरीको संरक्षणमा उनी घोडा चढेको हिन्दुस्तान टाइम्सको समाचारमा उल्लेख छ । उनलाई उपल्लो जातिकाले वैवाहिक अनुष्ठानका क्रममा घोडा चढे अप्रिय परिणाम भोग्नुपर्ने धम्की दिएको प्राप्त समाचारमा उल्लेख छ ।
धम्की दिने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । दामोहका प्रहरी अधिकारी डिआर तेनिवारले नीरज अहिरवारको सागोरिया गाउँमा उनलाई सुरक्षा दिन प्रहरीको टोली नै खटाएको बताए । नीरजले सुरक्षा माग गर्दै सामाजिक सञ्जालमा भिडियो राखेपछि प्रहरी टोली खटाइएको उनले बताए ।
स्थानीय भाषामा राच्वाइ भनिने परम्परागत अनुष्ठानको लागि अहिरवारले सुरक्षा मागेका थिए । उक्त अनुष्ठानअन्तर्गत बेहुला मन्दीर जानुअघि घोडा चढेर गाउँ घुम्छन् । लोधी समुदायका केही व्यक्तिले उनलाई दलित भएका कारण घोडा नचढ्न चेतावनी दिएका छन् ।
उक्त चेतावनी थाहा पाएपछि दलित अधिकारकर्मी र मध्यप्रदेश सेड्युल्ड कास्ट कमिसनका सदस्य प्रदीप अहिरवार नीरजलाई सहयोग गर्न उनको गाउँ पुगेका थिए । ‘मैले उसको अपिल सामाजिक मिडियामा देखें । अनि म उनलाई समर्थन गर्न र विभेदविरुद्ध लड्नका लागि यहाँ आएँ । यहाँका मानिसले अझै जातीय विभेदको सामना गरिरहेका छन् ।









