काठमाडौं– संविधानसभा सदस्य डा डिम्पलकुमारी झाको आज बिहान निधन भएको छ । क्यान्सर रोगबाट पीडित उनको आज बिहान काठमाडौंको रानीबारीस्थित निवासमै निधन भएको हो ।
पूर्व राज्यमन्त्रीसमेत रहेकी झा हाल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट मधेश प्रदेशको प्रदेशसभा सदस्य थिइन् । लोसपाका नेता एवं पूर्वमन्त्री अनिलकुमार झाकी पत्नी उनी दुई वर्षदेखि क्यान्सरबाट पीडित थिइन् ।
करिब दुई महिनादेखि भक्तपुर क्यान्सर अस्पतालमा उनको उपचार भइरहे पनि पछिल्लो समय चिकित्सको सल्लाहमा घरमै रेखदेख भइरहेकामा आज बिहान निधन भएको लोसपाका केन्द्रीय कार्यकारिणी सदस्य केशव झाले जानकारी दिएका छन् ।









