काठमाडौं– सुनचाँदी बजारमा मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९०० ले घटेर ९९ हजार ३०० कायम भएको छ । अघिल्लो दिन छापावाल सुन प्रतितोला १ लाख २०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ८०० मा किनबेच भइरहेको छ । अघिल्लो दिन यसको मूल्य प्रतितोला ९९ हजार ७०० थियो ।

चाँदीको मूल्यमा भने घटबढ भएको छैन । मंगलबार चाादी प्रतितोला १ हजार ३५० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय