काठमाडौं– सामाजिक सञ्जाल ट्विटरको सञ्चालक समिति (बोर्ड) ४४ अर्ब अमेरिकी डलरमा उक्त कम्पनी अधिग्रहण गर्ने अर्बपति एलन मस्कको प्रस्तावमा सहमत भएको छ । मस्कले दुई साताभन्दा कम समयअघि सबैलाई चकित पार्दै ट्विटरको बोली लगाएका थिए ।

सन् २००६ को मार्चमा यसको स्थापनापछि, ट्विटरले २१ करोड ७० लाख दैनिक सक्रिय प्रयोगकर्ता जम्मा गरेको छ । तीमध्ये ८० प्रतिशतभन्दा बढी संयुक्त राज्य अमेरिकाबाहिरका छन् । ट्विटरले २०१७ को अन्त्यसम्म नाफा कमाउन सकेको छैन । ट्विटरले गत वर्ष २२ करोड १० लाख अमेरिकी डलर बराबरको रकम घाटा भएको बताएको थियो ।

हालको अवस्थामा ट्विटरमा व्यापक सम्भावना रहेको र ती सम्भावनाका ढोकाहरुलाई आफूले खोल्ने मस्कले बताएका छन् । उनले नक्कली खाता हटाउने तथा कैयौं प्रतिबन्धहरूलाई खुकुलो पार्नेसम्मका धेरै परिवर्तनका लागि पनि आह्वान गरेका छन् । कम्पनीले सुरुमा मस्कले लगाएको बोलीलाई अस्वीकार गरेको थियो ।

फोर्ब्स पत्रिकाका अनुसार मस्क विश्वका सबैभन्दा धनी व्यक्ति हुन् । उनको अनुमानित सम्पत्ति २७३.६ अर्ब डलर रहेको छ । उनी विद्युतीय सवारीसाधन निर्माता टेस्ला कम्पनीको मुख्य सेयरधनी हुन् ।

सहमतिका सर्तअनुसार ट्विटरका सेयरहोल्डरले प्रतिसेयर ५४.२० अमेरिकी डलरका दरले पाउनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय