काठमाडौं– सुनचाँदी बजारमा बुधबार छापावाल सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले ओरालो लागेर ९९ हजार कायम भएको छ । छापावाल सुन अघिल्लो दिन प्रतितोला ९९ हजार ३०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ५०० रुपैयाँ तोकिएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९८ हजार ८०० रुपैयाँ थियो ।

मंगलबार पनि सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ९ सय रुपैयाँले घटेको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैयाँले घटेर १ हजार ३४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अन्तरराट्रिय बजारमा बुधबार सुन प्रतिऔंस १ हजार ८९९ डलर आसपासमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय