काठमाडौं– सुनचाँदी बजारमा आज पनि छापावाल सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले ओरालो लागेर ९८ हजार रुपैयाँमा आइपुगेको छ । यस साताको पहिलो कारोबार दिनदेखि नै ओरालो लाग्दै आएको सुन बुधबार प्रतितोला ९९ हजार रुपैयाँमा किनबेच भएको थियो ।
बुधबारको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ९०० रुपैयाँले कम थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ५०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९८ हजार ५०० थियो ।
त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २० रुपैयाँले घटेर १ हजार ३२० मा आएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ८७७ डलर आसपास कारोबार भइरहेको छ ।









