काठमाडौं– रुपन्देहीको महावलेश्वर डेरी एन्ड वेभरेज इन्डस्ट्रिज प्रालिले रेभा, एमडिआई ब्रान्डको मिल्क ड्रिंक्स बजारमा ल्याएको छ ।

औद्योगिक नगरी बुटवलमा २०५२ सालमा स्थापित पवित्र डेरी उद्योगको अर्को व्यावसायिक प्रतिष्ठनका रुपमा स्थापना गरिएको उक्त उद्योगले आफ्ना उत्पादनहरु नेपालभरी अधिकुत बिक्रेतामार्फत बिक्री वितरण सुरु गरेको जनाएको छ । यसै क्रममा उद्योगले शुक्रबारबाट काठमाडौंमा पनि आफ्नो उत्पादनको बिक्री वितरण सुरु गरेको हो ।

पवित्र डेरी उद्योगको अर्को परियोजनाको रुपमा बुटवल उपमहानगरपालिका, वडा नम्बर १४ मा स्थापित महावलेश्वर डेरी एन्ड बेभरेज इन्डसिट्रज प्रालि गत चैतदेखि सञ्चालनमा आएको हो ।

उद्योगले स्वदेशमै गुणस्तरीय सामान उत्पादन गरी सर्वसुलभ दरमा उपभोक्तासम्म पुर्याउने लक्ष्य लक्ष्य लिएको शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलन, डिलर भेटघाट तथा प्रडक्ट लन्च कार्यक्रममा उद्योगका प्रबन्ध निर्देशक मेघराज भण्डारीले जानकारी दिए ।

उद्योगले नेपालमा उत्पादन नहुने टिनको क्यानबाहेक अन्य सामग्रीहरु स्वदेशी नै प्रयोग गरेको र समग्र साधन स्रोतको परिचालनमा ८० प्रतिशत स्थानीय र २० प्रतिशत आयात गर्ने गरेको सञ्चालक भण्डारीले जानकारी दिए । यसबाट विदेशी उत्पादन आयात कम भई देशको व्यापार घाटा कम गर्न सहयोग गर्ने उनको भनाइ छ । तर क्यानमा लाग्दै आएको भ्याट बढी भएकोले सरकारले यसमा शतप्रतिशत छुट तथा भन्सार महसुललाई १ बनाए विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न सहज हुने उनको धारणा छ ।

कार्यक्रममा नेपाल डेरी एसोसिएसनका अध्यक्ष राधाकृष्ण सापकोटाले नेपालमा अर्बौं रुपैयाँको दुग्धजन्य पदार्थ आयात भइरहेको उल्लेख गर्दै त्यस्ता वस्तुको आयात प्रतिस्थापन गर्न यस्ता उद्योगको प्रवर्द्धन आवश्यक रहेको बताए ।

उद्योगले ३० जनालाई प्रत्यक्ष रोजगारी दिएको छ । उक्त उद्योगबाट उत्पादित रेवा र एमडिआई ब्रान्डका बदाम मिल्क देशभरका मुख्य सहरहरुमा बिक्री भइरहेको छ ।

महावलेश्वरको मातृ उद्योग पवित्र डेरीले दुग्धजन्य उत्पादनहरु प्याकेट दुध, दही, घिउ, पनिर, मक्खन साथै आइसक्रिम उत्पादन गर्छ । पवित्र डेरी उद्योग २०५२ मा सञ्चालनमा आएको हो । उक्त उद्योगले सम्पूर्ण दुग्धपदार्थ उत्पादन गर्छ । यसको मुख्य उत्पादन पवित्राज ब्रान्डको आइसक्रिम हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय