काठमाडौं– क्यान महासंघले इन्टरनेट सेवा रोकिन सक्नेप्रति चिन्ता व्यक्त गरेको छ । इन्टरनेट सेवा प्रवाहका सम्बन्धमा विगत केही दिनदेखि जिम्मेवार निकायहरुबाट व्यक्त धारणाप्रति क्यान महासंघको ध्यानाकर्षण भएको उसले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

इन्टरनेट सेवा प्रदायकहरूले विदेशबाट ब्यान्डविथ खरिदका निम्ति आवश्यक विदेशी मुद्रा सटही सिफारिस एवं महालेखापरीक्षकको वार्षिक प्रतिवेदनका आधारमा बेरुजुका सन्दर्भमा विभिन्न निकायबीच बुझाइमा फरक परेका कारण ब्यान्डविथको शुल्क तिर्न विलम्ब हुँदा इन्टरनेट सेवा रोकिने सक्ने महासंघको भनाइ छ ।

उक्त समस्या समाधानका निम्ति सम्बन्धित निकायलाई जिम्मेवारीपूर्वक यथाशीघ्र वार्ता एवं छलफल गर्न महासंघले आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय