पोखरा– पोखरास्थित अन्नपूर्ण केबलकारले यात्रुका लागि विशेष बस सेवा सञ्चालन गरेको छ ।

बिहान ५ बजेदेखि सेवा सुरु गरेको केबलकारले स्वदेशी तथा विदेशी पर्यटकको सुविधाका लागि बस सेवा सुरु गरेको हो ।

केबलकार स्टेसन रहेको सेदीबगरसम्म पुग्न कम्पनीले पोखराका विभिन्न स्थानबाट निःशुल्क बस सेवासमेत सञ्चालनमा ल्याएको हो ।

केबलकारमा यात्रा गर्ने स्वेदशी तथा विदेशी यात्रुलाई बिहान ४ः२५ मा फिस्टेल गेट, ४ः३० मा आम्बोट गेट, ४ः३५ मा गौरीघाट, ४ः४० मा बाराही चोक, ४ः४५ मा सेन्टर पोइन्ट र ४ः५० मा हल्लन चोकबाट स्टेसनसम्म लैजानका लागि बस पुग्नेछ ।

केबलकारले बिहान ५ बजेदेखि नै सेवा सुरु गर्न यस्तो सुविधा प्रदान गर्न लागेको हो । सराङकोटको डाँडाबाट माछापुच्छ्रेलगायत थुप्रै हिमालको मनोरम र सूर्योदय हेर्न चाहने पर्यटकको लागि यो सुविधा प्रदान गर्न लागिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय