काठमाडौं– नेपाली बजारमा साताको पहिलो दिन आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार ६०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९८ हजारमा कारोबार भएको सुनको मूल्य ६०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्यसूची अनुसार तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार १०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९७ हजार ५०० थियो ।

चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँचले बढेर एक हजार २८५ पुगेको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस एक हजार ८८३ डलर आसपास कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय