काठमाडौं– सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १०० रुपैयाँले बढेर ९८ हजार ७०० रुपैयाँ कायम भएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९८ हजार ६०० रुपैयाँ थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार २०० रुपैयाँ तोकिएको छ । यसको मूल्य आइतबार प्रतितोला ९८ हजार १०० रुपैयाँ थियो ।
चाँदीको मूल्य भने स्थिर छ । महासंघले सोमबारका लागि चाँदीको मूल्य प्रतितोला १ हजार २८५ रुपैयाँ तोकेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस एक हजार ८७२ डलर आसपास कारोबार भइरहेको छ ।









