काठमाडौं– काठमाडौंको पानीपोखरीमा लन्डनको स्पा ब्रान्ड ‘नौद थाई’ र ‘माइ थाई’ रेस्टुरेन्टको औपचारिक उद्घाटन भएको छ । नेपालका लागि थाइल्यान्डका राजदूत भोसिता भोरासावले नौद थाई स्पा र माइ थाई रेस्टुरेन्टको उद्घाटन गरेका हुन् ।

यी दुवै संरचना सञ्चालनमा आए पनि अधिकारिक उद्घाटन हुन बाँकी थियो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत भोरासावले नौद थाई स्पा उद्घाटन गर्न पाउँदा धेरै खुसी लागेको बताए ।

नौद थाई स्पाले अन्तर्राष्ट्रिय स्तरको स्पा, मसाज तथा वेलनेस सेन्टरको सुविधा दिइरहेको बताइएको छ । स्पाले अल इन वान सेवा उपलब्ध गराउँदै आएको विज्ञप्तिमा उल्लेख । स्पाले दिने सेवामा मसाज, स्टिम, साउना, ज्याकुजी, हेयर सलुन, कलरिङ, फेसियल, मेनिक्युर, पेडिक्युर लगायतका छन् ।

हाल नौद थाई स्पाले बेलायतका आठ ठाउँबाट सेवा दिइरहेको र काठमाडौंको नौद थाई स्पा ग्लोबल आउटलेटको एक हिस्सा रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय