काठमाडौं– मुलुकको चालु खाता घाटा एक वर्षको अवधिमा दोब्बर भएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदन अनुसार चालु खाता घाटा गत चैत मसान्तमा ५१२ अर्ब ७१ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २१० अर्ब ५१ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष चैत मसान्तमा १ अर्ब ८० करोडले घाटामा रहेको चालु खाता यस वर्ष चैत मसान्त हुँदा ४ अर्ब २८ करोडले घाटामा छ ।

गत साउनदेखि चैतसम्मको अवधिमा पुँजीगत ट्रान्सफर ३९.५ प्रतिशतले कमी आई ७ अर्ब ७८ करोड कायम भएको छ । खुद प्रत्यक्ष वैदेशिक लगानी ३३.७ प्रतिशतले बढेर १६ अर्ब ५१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर १२ अर्ब ८६ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १२ अर्ब ३५ करोड थियो ।

प्रतिवेदन अनुसार चैत मसान्तमै शोधनान्तर स्थिति २६८ अर्ब २६ करोडले घाटामा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ४२ अर्ब ५४ करोडले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३४ करोड ८१ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब २५ करोडले घाटामा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय