काठमाडौं– नेपालकै अग्रणी चार्टर्ड एकाउन्टेन्सी फर्म टिआर उपाध्याय एन्ड कम्पनीका संस्थापक तीर्थराज उपाध्यायको अमेरिकामा निधन भएको छ ।

उनको वासिंगटन डिसीमा शुक्रबार निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । क्लार्कसबर्ग स्थित एक सपिङ सेन्टरमा किनमेल गरिरहेका बेला एक्कासि मस्तिष्कघात भएपछि उनलाई तत्काल अस्पताल पुर्याइएको थियो । चिकित्सकहरुले उनलाई लाइफ सपोर्टमा राखे पनि बचाउन सकेनन् ।
७३ वर्षका उपाध्याय र उनकी श्रीमती छोरी भेट्न अमेरिका पुगेका थिए ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ स्थापनामा उनको योगदान महत्वपूर्ण रहेको संघका महासचिव तेज सुवेदी बताउँछन् । उनी द इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपालका पूर्वअध्यक्षसमेत थिए । उपाध्यायले एक्यान, आइक्यान, एकाउन्टिङ स्ट्यान्डर्ड बोर्डको समेत नेतृत्व गरेका थिए ।

हिमालयन र नेपाल इन्भेस्टमेन्ट बैंकको मर्जका लागि डीडीए उनैले गरेका थिए । नेपाल राष्ट्र बैंकले पनि उनीसँग परामर्श गर्ने गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय