काठमाडौं– वडा सदस्य पदका एकजना उम्मेदवारको आफूले चुनाव जितेको खबर सुन्न नपाउँदै निधन भएको छ ।

धनकुटाको चौबीसे गाउँपापलिका २ को वडा सदस्य पदमा आफू निर्वाचित भएको सुन्न नपाई ५२ वर्षीय अटलबहादुर सुर्जे मगरको निधन भएको हो । मधुमेह र उच्च रक्तचापका बिरामी उनको मस्तिष्कघातका कारण निधन भएको बताइएको छ ।

यसअघि पनि एमालेबाट वडा सदस्य निर्वाचित मगर यसपटक ७९२ मत ल्याएर निर्वाचित भएका थिए । मगरले लगभग हजार मतको नतिजा सुनिसकेका थिए । उनको निधन हुँदा चार सय हाराहारी मतगणना बाँकी थियो ।

शनिबार साँझ ६ बजेतिर मतगणनास्थलमै अचानक समस्या आएपछि उनलाई उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । त्यहाँ आइसियू खाली नभएपछि विराटनगरको नोबेल अस्पताल लगिएको र सोही राति एक बजे उनको निधन भएको छोरा मदनले बताए । मगरका पत्नी र दुई छोरा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय