काभ्रे– खानीखोला गाउँपालिकाले एसइई परीक्षामा उत्कृष्ट अंक ल्याउने दलित र अल्पसंख्यक समुदायका एकजना छात्र र एकजना छात्रालाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ ।

नवनिर्वाचित अध्यक्ष इन्द्रबहादुर थिङ छिन्ताङले पदभार ग्रहण गर्ने क्रममा एसइई परीक्षामा उत्कृष्ट अंक ल्याउने दलित र अल्पसंख्यक समुदायका छात्रा–छात्रलाई स्नातक तहसम्मको अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराउने निर्णय गरेका हुन् । यसका लागि गाउँपालिकाले अविलम्ब कार्यविधि बनाउने निर्णयमा उल्लेख छ ।

‘खानीखोला गाउँपालिकाभित्रका अल्पसंख्यक र दलित परिवारका छात्र÷छात्रामध्ये एसइई परीक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने एकजना छात्र र एकजना छात्रालाई जुनसुकै विषयमा विषयको उच्च शिक्षा स्नातक तहसम्म गाउँपालिकाले निःशुल्क पठनपाठन गराउने र सो कार्यका लागि गाउँपालिकाले कार्यविधि तयार गरी कार्यविधि बमोजिम कार्यान्वयन गर्ने निर्णय भएको छ,’ पदभारको क्रममा भएको निर्णय सुनाउँदै निमित्त प्रशासकीय अधिकृत मोहनलाल श्रेष्ठले भने ।

पदभार ग्रहणको क्रममा नवनिर्वाचित जनप्रतिनिधिले सार्वजनिक पद धारण गरेपछि नियमानुसार बुझाउनुपर्ने तोकिएको ढाँचा बमोजिम म्यादभित्रै आफ्ना सम्पत्ति विवरण सम्बन्धित निकायमा बुझाउने निर्णय पनि भएको छ ।

खानीखोला गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) बागमती प्रदेशका सचिव इन्द्रबहादुर थिङ र उपाध्यक्षमा कांग्रेसबाट दोर्जेमान जिम्बा निर्वाचित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय