काठमाडौं– एनआइसी एसिया बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृतमा सन्तोषकुमार राठी नियुक्त भएका छन् । जेठ ८ मा सम्पन्न बैंक सञ्चालक समितिको ५४५औं बैंठकले राठीलाई बैंकको नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको बैंकले जनाएको छ ।

सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत उनलाई आगामी साउन १ देखि लागू हुने गरी नायब प्रमुख कार्यकारी अधिकृतको पदमा नियुक्त गर्ने निर्णय भएको बैंकको विज्ञप्तिमा उल्लेख छ ।

राठी २०६४ मंसिर १९ गते तत्कालीन बैैंक अफ एसिया नेपाल लिमिटेडको विराटनगर शाखाको शाखा प्रबन्धकको यो बैंकमा जोडिएका थिए । उनी बैंकको विराटनगरस्थित प्रादेशिक कार्यालयको प्रमुख, विभिन्न इकोसिस्टमहरुको प्रमुख र बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत हुँदै नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् ।

समग्र बैंक व्यवस्थापन, जोखिम व्यवस्थापन, मानव संशाधन व्यवस्थापन, व्यवसाय विस्तार तथा विविधीकरण लगायत विभिन्न रणनीतिक क्षेत्रमा विशेष दक्षता हासिल गरेका राठीलाई अनुकरणीय लगन, परिश्रम, दृढता, संकल्प र दक्षता निरन्तर प्रदर्शन गर्दै बैंकको रुपान्तरणमा पुर्याएको योगदानको कदर एवं उच्च मूल्यांकन गर्दै नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त गरिएको बैंकको भनाइ छ ।

नेपालको बैंकिङ क्षेत्रमा करिब २० वर्षको विभिन्न कार्यअनुभव संगालेका राठीले वाणिज्यशास्त्रमा स्नातकोत्तर गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय