काठमाडौं– गरिमा विकास बैंकले रुपन्देही जिल्लाको ड्राइभरटोलमा शाखा सञ्चालनमा ल्याएको छ । बैंकले एक विज्ञप्ति जारी गरी ड्राइभरटोलमा शाखा खोलेको जानकारी दिएका हो ।
यससँगै गरिमाको शाखा संख्या १२१ पुगेको छ । त्यसैगरी, बैंकले १ एक्स्टेन्सन काउन्टर र ५१ एटिएमबाट सरल, सुलभ तथा गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।









